संखुवासभा : हिमाली सम्पदा यार्सागुम्बासहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाले मंगलबार गोप्य सूचनाका आधारमा यार्सागुम्बा तस्कर ऐनबहादुर शाहीलाई पक्राउ गरेको हो ।
पक्राउ परेकाको साथबाट प्रहरीले १ किलो ६७० ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
संखुवासभाका प्रहरी निरीक्षक अभिषेककुमार श्रेष्ठका अनुसार जुम्लाको सिन्जा गाँउपालिका ३ का शाहीलाई मकालु गाउँपालिका–५, नुमबाट ल्याएको यार्सालाई खाँदबारीतर्फ लैजाँदै गर्दा को १ ज २६३१ नम्बरको बोलेरो गाडीबाट पक्राउ गरिएको हो।
यार्सागुम्बासहित २५ हजार ४३० नगद र भारतीय रुपैयाँ ७३० समेत बरामद भएको श्रेष्ठले जानकारी दिए । राजस्व छली गरी अवैध रूपमा यार्सागुम्बा ल्याउँदै गरेको आधारमा उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका शाहीलाई डिभिजन वन कार्यालय संखुवासभामा बुझाइएको छ । हिमाली वन सम्पदा यार्सागुम्बा देशको जैविक सम्पत्ति हो ।
तर संरक्षण नीतिमा कमजोरी, आर्थिक प्रलोभन, र तस्करी नेटवर्कको फितलो नियन्त्रणले यसलाई अवैध व्यापारको नाफामूलक सिकार बनाइरहेको छ ।














Discussion about this post