धरान : धरान उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण उपमहानगर क्षेत्रभित्रका सबै विद्यालयमा बिदा दिएको छ ।
यहाँका सरकारी तथा निजी विद्यालयमा दुई दिन (बिहीबार र शुक्रबार) बिदा दिने निर्णय गरेको हो ।
प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाईंका अनुसार गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।












Discussion about this post