झापा : झापामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक युवकको मृत्यु भएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रतुवा पुलस्थित कमल–५ मा दमकबाट केर्खातर्फ जाँदै गरेको मे १ ख ३३१८ नम्बरको ट्रक स्टार्ट बन्द भई बिग्रिएर बसेको अवस्थामा सोही दिशातर्फ आउँदै गरेको मे ९ प ८९०४ नम्बरको मोटरसाइकल उक्त ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो।
ट्रकसँग ठोक्किँदा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ३० वर्षीय सुशील राईको मृत्यु भएको प्रहरीले जनाएको छ ।
फरार रहेका ट्रक चालक अर्जुनधारा–७ बस्ने ५३ वर्षीय रघुनाथ सिटौलालाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको जनाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।














Discussion about this post