भोजपुर : भोजपुरको रामप्रसादराई गाउँपालिका–१ घर भई हाल चापाभोटेस्थित आफ्नै दाजुको घरमा बस्दै आएकी एक महिलाको चट्याङ लागेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ६५ वर्षीया पम्फा भण्डारी रहेकी छन् ।
कोठामा सुतेकै अवस्थामा वर्षासँगै परेको चट्याङ लाग्दा उनको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।
भण्डारीको शव पोस्टमार्टमका लागि लगिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post