विराटनगर : २२ औं राष्ट्रिय धान दिवसको अवसर पारेर विराटनगर महानगरपालिकाले सामूहिक रोपाइँ आयोजना गरेको छ ।
महानगरको कृषि तथा पशुपंक्षी विकास शाखाले विराटनगर वडा नम्बर १६ को दरैयामा आयोजना गरेको कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले सामूहिक रोपाइँको शुभारम्भ गरेकी थिइन् ।
स्थानीय दरैहिया कृषि सहकारी संस्थाको समेत सहयोगमा आयोजित कार्यक्रममा उपमेयर कार्कीसहित प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेल, वडा नम्बर १९ का अध्यक्षसमेत रहेका आर्थिक विकास समितिका संयोजक श्याम घिमिरे, वडा नम्म्बर १६ का अध्यक्ष उद्धव भुजेल, वडा नम्बर १० का अर्जुन गिरी, आर्थिक विकास महाशाखाका प्रमुख प्रतीक गड्तौला, नगर प्रहरीका प्रमुख राजन पौडेल, कृषि तथा पशुपंक्षी विकास शाखाका प्रमुख हिरालाल यादवलगायतले सामूहिक धान रोपे ।
कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर कार्कीले आयातलाई प्रतिस्थापन गर्न आन्तरिक उत्पादनलाई बढाउनुपर्नेमा जोड दिइन् ।
असार १५ को छुट्टै महत्व रहेको बताउँदै उपमेयर कार्कीले आयातलाई प्रतिस्थापन गर्ने गरी धान उत्पादन गर्नु आवश्यक रहेको औंल्याइन् ।














Discussion about this post