सुनसरीमा आज १६ जना सुुरक्षाकर्मी सहित अन्य ३८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
आज थपिएका कोरोना सङ्क्रमितमा १३ जना जिल्ला प्रहरी कार्यालय सुनसरीकामा कार्यरत प्रहरी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी कमल थापाले बताएका छन् ।
थप अरु ३ जना प्रहरी गरी जम्मा १६ जना प्रहरीमा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीका स्वास्थ्य अधिकृत दीक्षा श्रेष्ठले जानकारी दिएकी छिन् ।
यसै गरी १ जना इनरुवा नगरपालिकाका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित १६ प्रहरी मध्ये ११ जना पुरुष र ५ जना महिला रहेको बताइएको छ ।
यसै गरी आज थपिएकाहरूमा धरान उपमहानगरपालिकामा २ जना नेपाली सेना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत धरानका १ जना नर्स, एक जना प्रतिष्ठानका कर्मचारीको छोरी र अरू थप ३ जना महिला, २ जना पुरुष गरी जम्मा ९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
सुनसरीको देवानगञ्ज गाउँपालिकामा २ पुरुष २ महिला सहित ४ जना, कोशी गाउँपालिकामा ३ जना पुरुष, इटहरी उपमहानगरपालिकामा ५ जना पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले बताएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ सय ७७ पुगेको छ भने २ सय ३५ जना कोरोना भाइरसबाट मुक्त्त भइसकेका छन् । सङ्क्रमण देखिएका मध्ये ३ सय ३९ जना सक्रिय संक्रमित रहेका छन् । भने ३ जनाको मृत्यु भइसकेको छ ।















Discussion about this post