झापा : झापाको बुद्धशान्ति गाउँपालिका–३ का ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ।
घर नजिकैको पैनीबाट मोटरको सहायताले धान खेतमा सिँचाइ गरिरहेको बेला अचानक करेन्ट लाग्दा उनी गम्भीर घाइते भएका थिए।
घाइते जिमीलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएन्डसी अस्पताल लगिएको थियो। तर, उपचारको क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ।
प्रहरीका अनुसार घटनाको विषयमा आवश्यक अनुसन्धान र कानुनी प्रक्रिया अघि बढाइएको छ।














Discussion about this post