इटहरी : सुनसरी उद्योग वाणिज्य सङ्घको अध्यक्षमा गोपाल श्रेष्ठ निर्वाचित भएका छन् ।
श्रेष्ठले १६०५ प्राप्त गर्दै निर्वाचित भएका हुन् । प्रतिद्वन्द्वी शिवराज श्रेष्ठले ६४७ मत प्राप्त गरे ।
यसैगरी उद्योग सदस्यतर्फ कृष्णप्रसाद पाठक ४८१, प्रभाव खतिवडा ५०३, विष्णु बराल ५५०, महेन्द्र प्रधान ५४६ मत प्राप्त गरी विजयी भए ।
वाणिज्य महिलातर्फ वर्षा अग्रवाल श्रेष्ठले ८८० मत प्राप्त गरी विजयी भएकी छन् ।
एसोसिएटतर्फ राजु साहले ८५, राजेश अग्रवालले ८० र ललित अग्रवालले ११७ मत प्राप्त गरी विजयी भए ।
यसैगरी उद्योग महिलातर्फ मिना राई(मगर), वस्तुगततर्फ नवीन कुमार तामाङ र नारायण लिम्बू निर्विरोध निर्वाचित भए ।














Discussion about this post