सुनसरी जिल्लामा निषेधित क्षेत्रको समय थप गरिएको छ ।
आज जिल्ला प्रशासनमा कार्यालय सुनसरीमा भएको बैठकले निषेधित क्षेत्रको समयावधि तीन दिन थप गर्दै भदौ १७ गते मध्यरातीसम्म पुर्याएको हो ।
प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले भने, ‘भदौ १७ गते मध्यरातीसम्म निषेधित क्षेत्रको समय थप गर्ने निर्णय भएको छ ।’
यसअघि भदौ १४ गतेसम्म जिल्लालाई निषेधित क्षेत्रको निर्णय गरिएको थियो ।














Discussion about this post