इटहरीमा ७ जना सहित सुनसरीमा आज थप १७ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
आज थपिनेहरूमा इटहरी उपमहानगरपालिकाका ७ जना रहेका छन् । संक्रमित हुनेहरूमा इटहरी–२ का ४२ वर्षीय पुरुष, इटहरी–५ का ३४ वर्षीय पुरुष, इटहरी–६ का ४३ बर्षीया महिला, इटहरी–९ का ११ महिने बालिका, २४ वर्षीय पुरुष, इटहरी–२० का १० वर्षीया बालिका र २० बर्षीया महिला रहेका छन् ।
त्यस्तै, धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेक्युरिटीमा कार्यरत ३८ वर्षीय पुरुष, प्रतिष्ठानकै कर्मचारी ४७ वर्षीय पुरुष, धरान १८ को ५२ वर्षीय पुरुष, धरान १० पुतलीलाईन बस्ने प्रतिष्ठानको स्टाफ क्वाटरमा आउजाउ गरिरहने एक जना ३३ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
यस्तै, इनरुवा नगरपालिकामा पनि आज थप ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । इनरुवामा १ महिला र ५ जना पुरुष गरी ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय १९ पुगेको छ भने २ सय ५० जना निको भइसकेका छन् ।















Discussion about this post