इटहरी : राष्ट्रिय परीक्षा बोर्डले सोमबार (आज) कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डको सचिवालयमा बसेको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो।
यस वर्ष देशभर वैशाखमा सञ्चालन भएको परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए।
बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। गत वर्ष मात्र ५२ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस आधारमा यस वर्षको नतिजा अघिल्ला वर्षको तुलनामा केही सुधारिएको देखिएको छ।
विद्यार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट तथा नेपाल टेलिकमको आधिकारिक वेबसाइटमार्फत हेर्न सक्नेछन्।














Discussion about this post