इटहरी : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा (ग्रेड वृद्धि) आगामी भदौ २८ र २९ गते सञ्चालन हुने जनाएको छ।
सोमबार कक्षा १२ को नतिजा सार्वजनिक गर्दै बोर्डले पूरक परीक्षाबारे जानकारी दिएको हो।
बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार पूरक परीक्षाको तयारी सुरु भइसकेको छ। यस परीक्षामा ननग्रेड प्राप्त गरेका वा एक वा दुई विषयमा सीमित ग्रेड सुधार गर्न चाहने विद्यार्थी सहभागी हुन सक्नेछन्।
यस वर्षको परीक्षामा ५ लाख ११ हजार परीक्षार्थी सहभागी भएका थिए। तीमध्ये ३ लाख ९५ हजार नियमित र १ लाख १५ हजार आंशिक परीक्षार्थी थिए।
बोर्डका अनुसार कुल परीक्षार्थीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।














Discussion about this post