झापा : बुधबार बिहानैदेखि परेको अविरल वर्षाले झापा र इलामलाई जोड्ने बिरिङ खोलाको पक्की पुल बाढीले बगाएको छ।
दुई वर्षअघि आएको बाढीले क्षति पुर्याएको उक्त पुल बुधबार दिउँसो फेरि आएको भीषण बाढीले एक भागसहित बगाएको हो।
अर्जुनधारा नगरपालिका–७ मा रहेको उक्त पुल पहिलेदेखि नै भासिएको अवस्थामा सञ्चालनमा थियो।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पुलको एक भाग बगाएपछि सवारी साधनको आवतजावत पूर्ण रूपमा रोकिएको छ।
यातायात अवरुद्ध भएपछि सवारी साधनहरू वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य भएका छन्।














Discussion about this post