सुनसरीमा आज एकैदिन ५६ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीले दिएको जनाकारी अनुसार हिजो साँझ कोरोना पोजेटिभ रिपोर्ट आएकासँगै सुनसरी जिल्लामा ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
हिजो बेलुका १० जना महिला र ४४ जना पुरुष गरी ५४ जना कोरोना संक्रमित थपिएका थिए ।
आज बिहान थपिएका धरानका २ जना १ महिला र १ पुरुष सहित ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
थपिएकाहरूमा इनरुवाका २६, इटहरीका २१, दुहबीका ७, र आज बिहान धरानमा थपिएका १ महिाल र १ पुरुष सहित ५६ जना कोरोना संक्रमित थपिएका हुन् ।
सुनसरीमा अहिले सम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७ सय ६२ पुगेको छ भने ३ सय ५० जना निको भएका छन् । ५ जनाको मृत्यु भएको छ ।















Discussion about this post