सुनसरीमा आज चार महिने शिशु सहित थप ३० जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
आज संक्रमित हुनेहरूमा धरान उपमहानगरपालिकामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानकी नर्सकी ४ महिने महिने शिशु छोरी, धरान ११ का ८५ वर्षीय पुरुष र अर्को धरान ११ ठेगाना लेखिएको अहिले सम्म सम्पर्कमा नआएको एक ३७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखाका प्रमुख उमेश मेहेताले जानकारी दिए ।
यसैगरी इटहरी उपमहानगरपालिमा ८ जना पुरुष, बराहक्षेत्रमा १ जना पुरुष, कोशी गाउँपालिकामा १ जना महिला, इनरुवा नगरपालिकामा १, महिला १ पुरुष गरी २ जना, दुहबीमा ११ जना, देवानगन्जमा १ जना, बर्जुमा १ जना, गढीमा २ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ८८५ पुगेको छ ।















Discussion about this post