झापा : झापामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार मृत्यु हुनेमा बिर्तामोड नगरपालिका–३ निवासी ३५ वर्षीया दिलकुमारी ऋषिदेव रहेकी छन् ।
बुधवार बिहान ११ बजेतिर वर्षासँगै परेको चट्याङ लाग्दा दिलकुमारी घाइते भएकी थिइन् ।
उनी खेतमा बाख्रा लिन गए बेला चट्याङ लागेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post