धरान : धरानमा पोखरीमा डुबेर एक बालिकाको निधन भएको छ ।
धरान उपमहानगरपालिका १९ मा पोखरीमा डुबेर स्थानीय बुद्धिबहादुर तामाङकी २ वर्षीया छोरी युमी तामाङको निधन भएको हो ।
आइतवार बिहान खेल्ने क्रममा घर नजिकैको पोखरीमा डुबेर उनको निधन भएको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको धरान प्रहरीले जनाएको छ ।














Discussion about this post