इटहरी : भारतबाट अवैध रूपमा लुकाएर ल्याइएको करिब तीन सय किलो सयपत्री फूल सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
सरकारले भारतबाट सयपत्री फूल आयातमा प्रतिबन्ध लगाएपछि ती फूल अवैध रूपमा सीमाबाट नेपाल भित्र्याइएको प्रहरीले जनाएको छ।
मोरङको रतुवामाई नगरपालिका–७ स्थित सीमाक्षेत्रबाट सशस्त्र प्रहरी टोलीले सीमाबाट ल्याइँदै गरेको फूल बरामद गरी खाडलमा पुरेर नष्ट गरेको हो।
सशस्त्र प्रहरीका अनुसार तिहार नजिकिँदै जाँदा फूलको माग बढेपछि सीमाक्षेत्रमा तस्कर समूह सक्रिय बनेका छन्।














Discussion about this post