सुनसरीमा आज थप ३७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार अहिलेको समयसम्ममा कोशी गाउँपालिकामा २ महिला १ पुरुष सहित ३ जना, इनरुवामा १ जना पुरुष, रामधुनी
नगरपालिकामा १ जना पुरुष, दुहबी नगरपालिकामा ८ जना पुरुष, ४ जना महिला गरी १२ जना, धरान उपमहानगरपालिकामा २ जना पुरुष र इटहरी उपमहानगरपालिकामा ८ पुरुष, १० महिला सहित १८ जना गरी ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
यो वृद्धि भएसँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार ७५ पुगेको छ ।















Discussion about this post