Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

धरानमा भेटियो निगाले बाघको बच्चा, पाटे बाघको हल्ला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २६, २०८२
in टाकुरा विशेष, पर्यावरण, समाचार
0
धरानमा भेटियो निगाले बाघको बच्चा, पाटे बाघको हल्ला
103
SHARES
Share on FacebookShare on Twitter

इटहरी : धरानमा पाटे बाघ फेला परेको खबर फैलिएको थियो, तर वास्तविकता फरक भएको छ ।

मंगलबार साँझ करिब ७ः३० बजे धरान उपमहानगरपालिका–१४ हात्तीसार क्षेत्रमा स्थानीय युवाहरूले निगाले बाघको एक बच्चा फेला पारेका छन् ।

धरान–१६ का १८ वर्षीय युसन राई, १८ वर्षीय सिमन राई, र धरान–१३ का १७ वर्षीय अमन लिम्बूले उक्त जनावर फेला पारी प्रहरीलाई बुझाएका थिए ।

इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार स्थानीयले बाटोमा अलमलिएको अवस्थामा जनावर नियन्त्रणमा लिएर प्रहरीमा बुझाएका थिए ।

‘स्थानीयले नियन्त्रणमा लिएर प्रहरीमा बुझाएपछि हामीले राति नै वन कार्यालयलाई बुझाएका हौँ,’ उनले भने, ‘यो बाघ नै हो भन्ने अनुमान गरिएको थियो ।’

स्थानीयले ‘पाटे बाघको बच्चा फेला पर्यो’ भन्नेबारे छलफल गरेपनि वन रक्षक लालबहादुर श्रेष्ठले उक्त जनावर निगाले बाघ रहेको पुष्टि गरे ।

‘यो बिरालो परिवारकै जनावर हो । बाघजस्तो देखिन्छ तर आकारमा सानो हुन्छ । यो खासगरी सुनसरीको रामधुनी क्षेत्र वरिपरि पाइने प्रजाति हो, सम्भवतः त्यहाँबाट डुल्दै धरानसम्म आएको हो,’ उनले भने ।

उनका अनुसार फेला परेको जनावर पोथी निगाले बाघको बच्चा हो । जसको तौल करिब डेढ किलो छ ।

‘संरक्षणका लागि यो बाघलाई निकुञ्जमा पठाउने कि वन क्षेत्रमा छाड्ने भन्नेबारे अहिले छलफल भइरहेको छ,’ उनले थपे ।

निगाले बाघ नेपालमा पाइने वन्यजन्तु संरक्षण ऐन, २०२९ अन्तर्गत सूचीकृत संरक्षित जनावर हो । यो प्रजाति बाघभन्दा सानो भए पनि बनोट र चालढालका कारण धेरैले ‘पाटे बाघ’ भन्ने गरेका छन् ।

Tags: टाकुरा विशेषपर्यावरणबाघ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु
समाचार

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
बैशाख २४, २०८३
0

इनरुवा : सुनसरीको रामधुनी नगरपालिका–६ सेउती खोला किनारमा खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ढेडिगाउँका...

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

माछा पोखरीमा डुबेर एक पुरुषको मृत्यु

सेउती खोलामा डुबेर दुई बालकको मृत्यु

बैशाख २४, २०८३
विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.