सुनसरीमा आज ४१ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपले दिएको जानकारी अनुसार आज धरानमा ३ महिला, १९ पुरुष सहित २२ जना, इटहरीमा १ महिला, ४ पुरुष गरी ५ जना, दुहबीमा ६ महिला, ३ पुरुष गरी ९ जना, कोशी गाउँपालिकामा १ महिला ३ पुरुष सहित ४ जना, इनरुवा नगरपालिकामा १ जना पुरुष गरी ४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमितको सङ्ख्या १ हजार १८४ पुगेको छ ।
अहिले सम्म सुनसरीमा ४९८ जनाले कोरोना जितेर अस्पताल र होम आइसोलेसनबाट डिस्चार्ज भएका छन् ।
६८० जना सक्रिय संक्रमित रहेका छन् भने ६ जनाको मृत्यु भएको बुझिएको छ ।















Discussion about this post