इटहरी : अत्यधिक चिसो र शीतलहरका कारण इटहरी उपमहानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू आगामी बुधवारदेखि (पौष १६ गतेदेखि १८ गते)सम्म तीन दिनका लागि बिदा दिइएको छ।
उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेश कुमार शाहका अनुसार बिदा अवधिभर विद्यालयमा पठनपाठन, परीक्षा तथा अन्य शैक्षिक गतिविधि सञ्चालन गरिनेछैन।
सूचनाअनुसार विद्यार्थी, शिक्षक र अभिभावकलाई जानकारीका लागि निर्णय सार्वजनिक गरिएको हो।
विद्यार्थीहरू र शिक्षकहरूलाई यस अवधिमा घरभित्रै सुरक्षित रहने र चिसोबाट जोगिन सतर्कता अपनाउन आग्रह गरिएको छ।














Discussion about this post