इटहरी : झुम्का कारागारबाट फरार भएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। कर्तव्य ज्यान मुद्दाका कैदी अनिष मगरलाई प्रहरीले पक्राउ गरेको छ।
इटहरी उपमहानगरपालिका-४ घर भएका २२ वर्षीय मगरलाई मोरङको सुन्दरहरैँचा नगरपालिका-५ स्थित गैरीगाउँबाट पक्राउ गरिएको हो।
कर्तव्य ज्यान मुद्दामा अदालतबाट २५ वर्ष कैद सजाय तोकिएका मगर झुम्का कारागारमा कैद भुक्तान गरिरहेका थिए।
उनी गत भदौ २४ गते कारागारमा भएको आन्दोलनको क्रममा फरार भएका थिए।













Discussion about this post