इटहरी : जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते झुम्का कारागारबाट फरार भएका कैदी प्रहरीको फन्दामा परेका छन्।
लागूऔषध मुद्दाका प्रतिवादी बुद्धराज लिम्बूलाई धनकुटाको मुलघाट क्षेत्रबाट पक्राउ गरिएको हो।
धनकुटा साँगुरीगढी गाउँपालिका–१ का लिम्बूलाई असइ टंकबहादुर थापाको नेतृत्वमा खटिएको प्रहरी टोलीले आफ्नै घरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
जेनजी प्रदर्शनमा कारागारबाट भागेका उनी लामो समयसम्म फरार रहँदा कारागार सुरक्षा व्यवस्थामाथि प्रश्न उठेको थियो।
प्रहरीका अनुसार पक्राउ परेका लिम्बूलाई पुनः झुम्का कारागार पठाइएको छ।














Discussion about this post