अवैध रुपमा चौपायाहरू भारततर्फ चोरी निकासी गरी लैजादैँ गरेको अवस्थामा सुनसरी प्रहरीले १३ वटा गाईको बाछा सहित अन्य तीनजनालाई नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी तथा ईलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीले घुस्की नाका तर्फ जाँदै गरेको को १ ख ३५७१ नं को मिनि ट्रकलाई रोकी चेक जाँच गर्दा १२ थान गाईको बाछा तथा १ थान बाछी गरी जम्मा १३ थान वाछा–वाछी र अन्य तीनजना मानिसलाई पक्राउ लिएको हो ।
पक्राउ पर्नेहरुमा जिल्ला सुनसरी देवानगंज गाउँपालिका वडा नं. २ वस्ने वर्ष ३६ को जाहिद अन्सारी, हरिनगर गाउँपालिका वडा नं. ६ बस्ने वर्ष २१को मो. फमाज, सोही ठाउँ बस्ने वर्ष २५ को मो. अस्लम रहेका छन् ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि सुनसरी भन्सार कार्यालय कोशी व्यारेज पठाईएको प्रहरीले जनाएको छ ।














Discussion about this post