क्षत्रीय कारागार झुम्काका १२ जना कैदि सहित थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ का फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार धरानमा २ महिला ५ पुरुष सहित ७ जना, दुहबीमा २ पुरुष, ७ महिला सहित ९ जना, इटहरीमा ३ जना पुरुष, इनरुवामा १ जना महिला र झुम्का कारागारमा रहेका १२ जना पुरुष कैदीमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
केही दिन अघि उपचारको क्रममा कोरोना सङ्क्रमणबाट मृत्यु भएका झुम्का कारागारका पुरुषको क्लोज कनट्र्याक्टमा रहेकाहरू कनट्र्याक्ट ट्रेसिङको क्रममा कोरोना सङ्क्रमण भएको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ ।
यो सँगै सुनसरीमा कोरोना सङ्क्रमण हुनेको सङ्ख्या १२५५ पुगेको छ ।















Discussion about this post