Wednesday, September 2, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home भिजिट नेपाल

भोजपुरको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य

रासस by रासस
फाल्गुन १६, २०८२
in भिजिट नेपाल, विविध, समाचार
0
भोजपुरको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य
60
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो क्षेत्र पर्यटनको रोजाइँमा परेको हो ।

पर्यटकीय, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रलाई गाउँपालिकाले संरक्षणसँगै पर्यटकलाई लक्षित गरेर आवश्यक पूर्वाधार निर्माण गरेपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढेको छ । पर्यटकलाई लक्षित गरेर यहाँ दुई वटा साना पानीबोटसमेत सञ्चालनमा ल्याइएपछि पर्यटकको आवागमन झनै बढेको हो ।

पर्यटकलाई लक्षित गरेर ‘पञ्चकन्या स्मृति उद्यान (पार्क) निर्माण गरिएको छ भने आउने पर्यटकका लागि अन्य संरचनासमेत निर्माण भएका छन् ।

च्याङ्ग्रे पोखरीको संरक्षणसँगै यहाँ घुम्न आउने आन्तरिक पर्यटक बढेको गाउँपालिकाले जनाएको छ । यो क्षेत्रलाई दिगो पर्यटन पूर्वाधारका रूपमा विकास गरिरहेको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

उद्यानलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न वृक्षरोपण, फलैँचा, विश्रामस्थल निर्माणलगायतका पूर्वाधार विकासका कामहरू निरन्तर रूपमा अगाडि बढाइरहेको छ ।

स्थानीय तहले पोखरी तथा उद्यानलाई आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै शैक्षिक अवलोकन स्थलका रूपमा पनि विकास गर्ने योजना बनाएको छ । पोखरी नजिकै रहेको पञ्चकन्या मन्दिर पुनःनिर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाइएको छ ।

पोखरीको प्राकृतिक सुन्दरताको दृश्यावलोकन गर्न आन्तरिक पर्यटकहरू आउने गरेको स्थानीयबासी सावित्रा फुयालले बताए ।

परापूर्वकालमा यहाँ च्याङ्ग्रा आएर पोखरीको पानी खाने र दिनभर आराम गर्ने भएकाले ‘च्याङ्ग्रे पोखरी’ नामाकरण गरिएको स्थानीयवासीको कथन छ । परापूर्वकालदेखि नै पोखरीको पानी जुनसुकै खडेरीमा पनि नसुक्ने स्थानीयवासीको भनाइ छ ।

यही पोखरीको नामबाट यहाँ च्याङ्ग्रे बजारसमेत लाग्ने गरेको छ ।

विश्राम गर्न घुम्न डुल्न, तस्बिर लिन र दृश्यावलोकनको भरपुर आनन्द लिन आन्तरिक पर्यटक यहाँ आउने गरेको स्थानीयवासी राम पुलामी मगरले बताए । यसको संरक्षणपछि यहाँको पर्यटनमा टेवा पुगेको उनको भनाइ छ ।

विभिन्न पूजाआजामा पोखरीकै छेउको पञ्चकन्या मन्दिरमा भक्तजनको जमघट हुने स्थानीयवासीको भनाइ छ । ऐतिहासिक र धार्मिक महत्व बोकेको यो स्थानको प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्न सके आर्थिक रूपमा समेत टेवा पुग्ने स्थानीयवासीहरूको विश्वास छ ।

Tags: #भोजपुर#रासस
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–४ संगीत चोकबाट प्रहरीले १९ ग्रामभन्दा बढी ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको...

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही
समाचार

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

by टाकुरा न्यूज । इटहरी
भदौ १७, २०८३
0

धनकुटा । धनकुटामा औषधी पसल सञ्चालनको नाममा मापदण्डको बेवास्ता गर्ने प्रवृत्ति देखिएको छ । औषधी व्यवस्था विभागको नेतृत्वमा गरिएको अनुगमनका...

मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

५० हजार रुपैयाँ घुससहित विद्युत प्राधिकरण इटहरीका कर्मचारी पक्राउ

भदौ १७, २०८३
इटहरीकी एक महिलाले दुई छोरी र एक छोरासहित सप्तकोसीमा हाम्फाल्न लाग्दा प्रहरीद्वारा उद्वार

मोटरसाइकलमा गाँजा तस्करी, सुनसरीमा दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.