इटहरी : सुनसरीको झुम्का कारागारमा रहेका कैदीबन्दीले प्रतिनिधिसभा निर्वाचनमा सहभागिता जनाएका छन्।
कारागारभित्र स्थापना गरिएको अस्थायी मतदान केन्द्रमा रहेका सबै कैदीबन्दीले समानुपातिकतर्फ मतदान गरेका हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार उक्त केन्द्रमा कुल १४९ जनामध्ये ७७ जनाले मतदान गरेका हुन्।
जिल्ला निर्वाचन अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार कैदीबन्दीलाई मतदानमा सहजता होस् भन्ने उद्देश्यले कारागारभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरिएको थियो।














Discussion about this post