इटहरी : सुनसरीको दुहबी नगरपालिका–५ स्थित कोशी राजमार्गबाट भन्सार छलेर ल्याइएका लत्ताकपडा तथा कस्मेटिक सामग्री प्रहरीले बरामद गरेको छ।
विराटनगरबाट दुहबीतर्फ आउँदै गरेको यात्रुबाहक म्याजिक भ्यानलाई इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गरेको थियो।
जाँचका क्रममा बिल–बिजक नभएका अन्दाजी ३ लाख ५ हजार ९ सय रुपैयाँ बराबरका लत्ताकपडा र कस्मेटिक सामान फेला परेको प्रहरीले जनाएको छ।
बरामद सामान नियन्त्रणमा लिएर सुनसरी भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।















Discussion about this post