Saturday, October 17, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार ६, २०८३
in निर्वाचन, समाचार
0
इटहरी उद्योग वाणिज्य संघको चुनावी सरगर्मी बढ्यो
247
SHARES
Share on FacebookShare on Twitter

इटहरी : उद्योग वाणिज्य संघ इटहरीको आगामी असार २७ गते हुने निर्वाचन नजिकिँदै जाँदा चुनावी सरगर्मी तीव्र बनेको छ।

यसपटक नेतृत्वका लागि विभिन्न राजनीतिक धार नजिक रहेका व्यवसायी समूहबीच प्रतिस्पर्धा देखिएको छ भने सदस्यता नवीकरण, मतदाता नामावली र मताधिकारका विषय पनि चुनावी बहसको केन्द्रमा रहेका छन्।

नेपाली कांग्रेस र नेकपा एमाले निकट व्यवसायीहरूको नैतिक समर्थन नवराज काफ्ले समूहलाई रहेको बताइए पनि दुवै दलबीच कुनै औपचारिक वा लिखित चुनावी गठबन्धन भने भएको छैन।

अर्कोतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) निकट व्यवसायीहरूले गायत्री कटवाल (भण्डारी) नेतृत्वको समूहलाई समर्थन गरेका छन्। रोचक पक्ष के छ भने काफ्ले र भण्डारी दुवै कांग्रेस निकट व्यवसायीका रूपमा चिनिन्छन्।

पछिल्ला केही कार्यकालदेखि संघको निर्वाचन थप प्रतिस्पर्धात्मक बन्दै गएको व्यवसायीहरू बताउँछन्। पहिले सीमित दायरामा हुने नेतृत्व चयन अहिले संगठन विस्तारसँगै प्रतिष्ठाको विषय बन्न थालेको छ।

निर्वाचनमा खर्च बढ्दै गएको, व्यवसायीहरू विभिन्न समूहमा विभाजित हुने क्रम बढेको तथा चुनावी अभियानसमेत व्यापक हुन थालेको व्यवसायीहरूको अनुभव छ।

यद्यपि, यसपटक राजनीतिक दलहरूले प्रत्यक्ष रूपमा कुनै आधिकारिक उम्मेदवार घोषणा नगरेको जनाइएको छ।

विभिन्न दलप्रति आस्था राख्ने व्यवसायीहरू आ–आफ्नो समूहमा खुले पनि निर्वाचनलाई दलगतभन्दा व्यवसायीको साझा हितसँग जोडेर हेर्नुपर्ने धारणा धेरै व्यवसायीले व्यक्त गरेका छन्। संघ राजनीतिक प्रभावभन्दा माथि उठेर व्यवसायीको साझा संस्था बन्नुपर्ने उनीहरूको भनाइ छ।

निर्वाचनको पूर्वसन्ध्यामा सदस्यता नवीकरण र मतदाता नामावलीको विषय पनि चर्चामा रहेको छ। विगतमा करिब ६ हजार ५ सय व्यवसायी मतदाता रहेको दाबी गरिँदै आएकोमा यस वर्ष करिब २ हजार ३ सय ७० जना व्यवसायीको मात्रै सदस्यता नवीकरण भएको इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले जानकारी दिए। उनका अनुसार विधानअनुसार सदस्यता नवीकरण गरेका व्यवसायीहरू मात्रै मतदान प्रक्रियामा सहभागी हुनेछन्।

निर्वाचन कार्यतालिका अनुसार असार ११ गते मनोनयन दर्ता हुने र त्यसपछि उम्मेदवारहरूले औपचारिक रूपमा चुनावी अभियान सुरु गर्ने पराजुलीले बताए। उनले निर्वाचन स्वस्थ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै जुनसुकै पक्ष विजयी भए पनि व्यवसायीको हकहित र संस्थाको गरिमालाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए।

यता, केही व्यवसायीहरूले सदस्यता नवीकरणको प्रक्रियालाई लिएर असन्तुष्टि जनाउँदै सबै व्यवसायीलाई समान अवसर सुनिश्चित गरिनुपर्ने धारणा राखेका छन्। निर्वाचनलाई लिएर उठेका जिज्ञासा र चासोलाई पारदर्शी ढंगबाट सम्बोधन गर्न सके संघप्रति व्यवसायीहरूको विश्वास अझ मजबुत हुने उनीहरूको भनाइ छ।

इटहरी उद्योग वाणिज्य संघ स्थानीय व्यवसायीहरूको साझा संस्था भएकाले यसको नेतृत्व कसले सम्हाल्छ भन्ने विषयले व्यापारिक क्षेत्र मात्र होइन, स्थानीय आर्थिक गतिविधिसमेत प्रभावित पार्ने अपेक्षा गरिएको छ।

जसकारण यसपटकको निर्वाचनलाई व्यवसायीहरूले विगतका निर्वाचनभन्दा बढी चासोका साथ हेरिरहेका छन्।

निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूले व्यवसाय प्रवर्द्धन, लगानीमैत्री वातावरण, कर तथा नीतिगत सुधार, बजार व्यवस्थापन, व्यवसायीको सुरक्षा, बैंकिङ समस्या समाधानलगायत विषयलाई आफ्नो चुनावी एजेन्डा बनाउँदै मतदातासँग भेटघाटलाई तीव्र बनाएका छन्। यही कारण पनि इटहरीको व्यावसायिक क्षेत्रमा चुनावी सरगर्मी दिनप्रतिदिन बढ्दै गएको देखिन्छ।

व्यवसायीहरूका अनुसार नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। पछिल्ला केही कार्यकालदेखि निर्वाचन थप प्रतिस्पर्धात्मक र खर्चिलो बन्दै गएको चर्चा व्यवसायी वृत्तमा हुने गरेको छ।

साथै, पार्टीगत रूपमा छिन्नभिन्न भएर निर्वाचन हुने गरेको भएपनि यसपटक भने राजनीतिक दलहरूले कुनै निर्णय गरेर चुनावी मैदानमा नहोमिएको तर वैचारिक आस्थाकै आधारमा विभाजित हुन नहुने बताएका छन्।

व्यवसायीहरूले निर्वाचनलाई स्वाभाविक लोकतान्त्रिक प्रक्रिया भन्दै सबै पक्षलाई पारदर्शी, निष्पक्ष र व्यवसायीको हितलाई केन्द्रमा राखेर प्रतिस्पर्धा गर्न आग्रह गरेका छन्। निर्वाचनपछि संघलाई सबै व्यवसायीहरूको साझा संस्थाका रूपमा थप सशक्त बनाउनु आवश्यक रहेको व्यवसायीहरूले बताउँदै आएका छन्।

व्यवसायीहरूको हकहित संरक्षणका लागि स्थापित संघको आगामी नेतृत्व कसले सम्हाल्ने भन्ने चासो बढ्दै जाँदा असार २७ गतेको निर्वाचनलाई इटहरीको व्यावसायिक क्षेत्रले विशेष महत्वका साथ हेरिरहेको छ।

Tags: #उवासंघनिर्वाचन
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण
कला साहित्य

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

इटहरी : सामाजिक अभियन्ता तथा लेखक पुष्कर थापाद्वारा लिखित पुस्तक ‘प्रश्न अझै बाँकी छ’ इटहरीमा लोकार्पण गरिएको छ । इटहरीस्थित...

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत
समाचार

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

by टाकुरा न्यूज । इटहरी
अशोज ३०, २०८३
0

विराटनगर : ‘विपद्मा सारथी, सङ्कटमा छहा रीः प्रविधियुक्त नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस २०८३...

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३
सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

इटहरीमा पुष्कर थापाको ‘प्रश्न अझै बाँकी छ’ लोकार्पण

अशोज ३०, २०८३
कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

कोशी प्रदेशमा ७१औँ प्रहरी दिवस मनाइयो, उत्कृष्ट प्रहरी पुरस्कृत

अशोज ३०, २०८३
कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

कोशी राजमार्ग अन्तर्गतकाे सेकाहा गाउँ

अशोज ३०, २०८३
कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

कोशी सरकारले अघि बढायो ६९ बहुवर्षीय योजना, ४ अर्ब ९६ करोडको स्रोत सहमति

अशोज ३०, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.