झापा : झापाको बिर्तामोड नगरपालिका–३ हटियालाइनस्थित अदुवाखोला पुल नजिक ट्रिफरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
बिहीबार साँझ गिट्टी बोकेको मे १ क ६४३ नम्बरको ट्रिफरले ठक्कर दिँदा १० वर्षीया अनुकृति चापागाईं गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल पुर्याइएको थियो।
अस्पताल पुर्याएलगत्तै चिकित्सकले बालिकालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि ट्रिफर चालक बुद्धशान्ति गाउँपालिका–१ निवासी ५३ वर्षीय श्यामप्रसाद दाहाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि आक्रोशित स्थानीयले टिपर तोडफोडसमेत गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।















Discussion about this post