Saturday, July 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
in FEATURE BREAKING, पर्यावरण, भिजिट नेपाल, समाचार
0
विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित
60
SHARES
Share on FacebookShare on Twitter

इटहरी : अमेरिकी समाचार संस्था सीएनएनले विश्वका उत्कृष्ट गन्तव्यमध्ये एकमा सूचीकृत गरेको धनकुटाको नाम्जे गाउँमा पर्यटकको चहलपहल बढ्दो छ। तर, पर्यटकको बसाइ अवधि छोटो हुनु र एकीकृत पर्यटन प्याकेज नबन्नु अहिलेको मुख्य चुनौती बनेको छ।

कोशी प्रदेश सरकारले भ्रमण वर्ष मनाइरहेको अवस्थामा नाम्जेमा दैनिक सयौँ पर्यटक पुग्ने भए पनि अधिकांश एक रात बसेर फर्किने गरेका छन्।

पर्यटन व्यवसायीहरूका अनुसार गाउँमा पर्यटक त आइरहेका छन्, तर उनीहरूलाई दुई–तीन दिन रोक्ने गतिविधि र पूर्वाधार अझै विकास हुन सकेको छैन।

साँघुरीगढी गाउँपालिका–६ स्थित नाम्जेमा दुई दर्जनभन्दा बढी घरले सामुदायिक होमस्टे सञ्चालन गरेका छन्।

गाउँपालिका अध्यक्ष जितेन्द्र रुम्दाली राईका अनुसार एकै दिन दुई सयभन्दा बढी पर्यटकलाई बासको व्यवस्था गर्न सकिन्छ। ‘बुकिङबिनै आउने पाहुनालाई व्यवस्थापन गर्न कठिन हुन्छ,’ उनले भने, ‘तर अब हाम्रो चुनौती संख्या बढाउनेभन्दा पनि बसाइ लम्ब्याउने हो।’

नाम्जेमा पुग्ने अधिकांश पर्यटक भेडेटार घुमेपछि नाम्जे पुगेर एक रात बास बस्ने र भोलिपल्ट फर्किने गर्छन्।

स्थानीय राजकुमार मगरका अनुसार स्थानीय संस्कृति, पदयात्रा, कृषि अनुभव, प्रकृतिसँग जोडिएका गतिविधि र आसपासका गन्तव्यलाई एउटै प्याकेजमा जोड्न सके पर्यटकको बसाइ अवधि बढाउन सकिन्छ।

सीएनएनले २०६८ सालमा नाम्जेलाई विश्वका १२ उत्कृष्ट गन्तव्यमध्ये आठौँ स्थानमा राख्दा यहाँका आत्माघर, मगर समुदायको हुर्रा नाच, हात्तीसुँडे झरना, सूर्योदय बुद्धबिहार, लोप्सेडाँडा, अर्ग्यानिक गाउँलगायतका विशेषतालाई आधार बनाएको थियो। त्यसपछि होमस्टे संस्कृति विस्तार भएको मगर बताउँछन्।

हाल गाउँका ९५ प्रतिशतभन्दा बढी बासिन्दा मगर समुदायका छन्। अर्ग्यानिक परिकार, हुर्रा नाच, स्थानीय जीवनशैली र परिवर्तनशील मौसम नाम्जेका मुख्य आकर्षण मानिन्छन्।

केही मिनेटमै कुहिरो, घाम, पानी र चिसो अनुभव गर्न पाइने यहाँको मौसमले पनि पर्यटकलाई लोभ्याउने गरेको छ।

नाम्जेबाट ओख्रे टावर, राजारानी तालसहितआसपासका अन्य पर्यटकीय स्थल सहजै पुग्न सकिन्छ। तर ती गन्तव्यलाई एउटै सर्किटका रूपमा विकास गर्ने योजना अझै प्रभावकारी रूपमा अघि बढ्न सकेको छैन।

पर्यटन व्यवसायीहरूका अनुसार कोशी प्रदेशको भ्रमण वर्षलाई उपलब्धिमूलक बनाउने हो भने नाम्जेजस्ता पहिचान बनाइसकेका गन्तव्यमा नयाँ गतिविधि, सांस्कृतिक कार्यक्रम र डिजिटल प्रचारलाई जोड दिनुपर्ने देखिन्छ।

उनीहरूका अनुसार नाम्जेमा पर्यटक ल्याउने काम धेरै हदसम्म सफल भइसकेको छ, अब उनीहरूलाई धेरै दिन यहीँ बस्ने रणनीति आवश्यक छ।

Tags: #पर्यटननाम्जेपर्यटक
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु
समाचार

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

मोरङ : मोरङको लेटाङमा दर्ता नभएको सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका...

लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा
समाचार

धरानमा ब्राउनसुगरसहित एक जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
असार २०, २०८३
0

धरान : धरान उपमहानगरपालिका–५ देउरालीबाट प्रहरीले पाँच ग्राम ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ। लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका...

इलामको चियाबारी

इलामको चियाबारी

असार २०, २०८३
इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

इनरुवाको बजारमा संरक्षित कर्रा सुँगा बिक्री, संरक्षणमा चुनौती

असार २०, २०८३
‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

‘संघको निर्णय प्रक्रियामा साना व्यवसायीको सहभागिता बढाउँछु’ : सन्नी चौधरी (अन्तर्वार्ता)

असार २०, २०८३
अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

अन्तर्वार्ता : ‘घरबहाल कर घरबेटीले तिर्नुपर्छ, व्यवसायीले होइन’ – सञ्जीप खड्का

असार १९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

मोरङमा दर्ताविहीन सिटी सफारी दुर्घटना हुँदा एक महिलाको मृत्यु

असार २०, २०८३
विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

विश्वले चिनेको नाम्जे, पर्यटकको बसाइ भने अझै एक रातमै सीमित

असार २०, २०८३
लागूऔषध : धरानमा ट्याटु हाउस सञ्चालकसहित सात जना नियन्त्रणमा

धरानमा ब्राउनसुगरसहित एक जना पक्राउ

असार २०, २०८३
इलामको चियाबारी

इलामको चियाबारी

असार २०, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    760 shares
    Share 304 Tweet 190
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    384 shares
    Share 154 Tweet 96
  • दमककी युवती हत्या प्रकरण : मोबाइल ट्र्याकिङदेखि मोटरसाइकलसम्म, यसरी पुग्यो प्रहरी अभियुक्तसम्म

    354 shares
    Share 142 Tweet 89
  • इटहरीका तीनजनासहित फरार पाँच प्रतिवादी पक्राउ, दुई वर्षदेखि फरार रहेका अभियुक्त पनि नियन्त्रणमा

    354 shares
    Share 142 Tweet 89
  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    350 shares
    Share 140 Tweet 88

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.