सेउती खोलाको पुलदेखि धरानको तीनकुनेसम्म मुख्य राजमार्गमा अव्यवस्थित तरिकाले राखिएको होर्डिङ बोर्ड ७ भित्र हटाउन धरान उपमहानगरपालिकाले सूचना जारी गरिएको छ ।
रानी–विराटनगर–इटहरी–धरान सडकखण्डअन्तरगत निर्माणाधिन रहेको ६ लेन परियोजनाले काम अगाडि बढाएसँगै होर्डिङ बोर्ड हटाउन सूचना जारी गरिएको हो । अहिले सडकको साइट क्लियर गर्ने काम भईरहेको छ ।
आयोजनाले धरान उपमहानगरलाई एक पत्र पठाउँदै बोर्ड हटाउन अनुरोध गरेको थियो ।
पत्र आएपछि सो क्षेत्रमा रहेको बोर्ड हटाउन सूचना प्रकाशित गरिएको धरान उपमहानगरपालिकाका सूचना महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए ।
यो पनि – ६ लेन सडक परियोजना : तरहरादेखि धरानसम्म ४ लेन मात्र बन्ने, झण्डै १५ सय रुख काटिदैँ












Discussion about this post