रुपन्देहीबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा सांसद दुर्गाप्रसाद उपाध्यायको आज बिहान निधन भएको छ। नेपाली कांग्रेसका नेता उपाध्याय केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए।
उनको आज २ बजे दाहसंस्कार गरिने नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले बताए। उनी यसअघि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ५ को क्षेत्रीय सभापति थिए।
२०४२ सालबाट राजनीतिक रुपमा सक्रिय भएका उनी २०५४ सालमा गाविस उपाध्यक्ष चुनिएका थिए। संसदले तयार पारेको सांसद भिडियो परिचयमा उनले दिएको जानकारी अनुसार उनको जन्म २०३१ सालमा मधुवनी गाविस–७ मा भएको हो।
Discussion about this post