उदयपुर : उदयपुरको कटारी नगरपालिका–३ हडैयामा पौडी खेल्ने क्रममा डुबेर एकै घरका तीन बालकको मृत्यु भएको छ।
मृत्यु हुनेमा कटारी नगरपालिका–३ निवासी ११ वर्षीय सुमितकुमार दनुवार ८ वर्षीयआदित्यकुमार दनुवार र ७ वर्षीय सुगमकुमार दनुवार रहेका छन्।
उनीहरू एकै घरका दाजुभाइ रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) उपेन्द्र खरेलका अनुसार हडैयास्थित खहरे खोलामा बाँध लगाउँदा बनेको गहिरो खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा तीनै जना डुबेका हुन्।
स्थानीयवासीले तत्काल उद्धार गरी उपचारका लागि कटारी प्रादेशिक अस्पताल पुर्याए पनि चिकित्सकले परीक्षणपछि तीनै जनालाई मृत घोषणा गरेका थिए।
प्रहरीले तीनै बालकको शव पोस्टमार्टमका लागि कटारी प्रादेशिक अस्पतालमा राखिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।












Discussion about this post