मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा–१० निवासी ५६ वर्षीय बलबहादुर राईको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा भान्साकोठामा लुकाइछिपाइ राखिएको एक थान भरुवा बन्दुक तथा गोठमा लुकाएर राखिएको एक किलो पाँच सय ग्राम गाँजा बरामद भएपछि राईलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका राईमाथि हतियार तथा लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।












Discussion about this post