Thursday, July 30, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
in FEATURE BREAKING, समाचार
0
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो
52
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्ज गोलीकाण्डमा गम्भीर घाइते भएका १८ वर्षीय अमित यादवलाई घटना भएको पाँच दिनपछि थप उपचारका लागि काठमाडौं लगिएको छ।

देवानगन्ज–३ निवासी यादवलाई बिहीबार साँझ नेपाली सेनाको स्काई ट्रकमार्फत विराटनगरस्थित नोबेल शिक्षण अस्पतालबाट काठमाडौंस्थित ट्रमा सेन्टर पठाइएको हो। उनको बायाँ हात र कोखामा गोली लागेको थियो।

चिकित्सकले शल्यक्रियामार्फत शरीरभित्रको गोली निकाले पनि अवस्था गम्भीर रहेकाले उनी भेन्टिलेटरमा उपचाररत थिए।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि र अवस्था जटिल बन्दै गएपछि परिवारको सहमतिमा थप उपचारका लागि काठमाडौं रिफर गरिएको हो।

चिकित्सकका अनुसार विराटनगरमा उपलब्ध उपचारबाट उनको बायाँ हात जोगाउन सम्भव नभएको निष्कर्ष निकालिएको छ। उनी गएको आइतबार राति गोली लागेर घाइते भएका थिए।

देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक बनेपछि अवस्था नियन्त्रणमा लिन गत आइतबार राति सशस्त्र प्रहरीले गोली चलाएको थियो।

घाइतेमध्ये देवानगन्जका २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो भने देवानगन्जकै २२ वर्षीय जयप्रकाश मेहताको बिहीबार (आज) उपचारकै क्रममा विराटनगरस्थित न्यूरो अस्पतालमा निधन भएको छ।

हाल गोली लागेर घाइते भएका अन्य सात जनाको विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

Tags: #सुनसरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु
समाचार

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

by टाकुरा न्यूज । इटहरी
साउन १४, २०८३
0

मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिका–१० बाट प्रहरीले एक थान भरुवा बन्दुक र एक किलो पाँच सय ग्राम गाँजासहित एक जनालाई...

कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य
समाचार

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

by रासस
साउन १४, २०८३
0

झापा : दमक–३ स्थित हंसे दुम्से दुग्ध डेरी तथा पशु उत्पादन तथा सङ्कलन सहकारी संस्थाले दूध बिक्रीबापतको रकम लामो समयदेखि...

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३
दोहोरो नागरिकता लिने ३ भारतीयविरुद्ध मोरङ प्रशासनमा उजुरी

झापामा एक वर्षमा २४ हजारभन्दा बढी नागरिकता वितरण, ३७८ जनालाई आमाको नामबाट

साउन १४, २०८३
विराटनगर विमानस्थल : नयाँ टर्मिनल भवन निर्माणको भौतिक प्रगति ४७ प्रतिशत

विराटनगर विमानस्थलबाट जुत्ताभित्र लुकाइएको ब्राउनसुगरसहित युवक पक्राउ

साउन १४, २०८३
सुनसरीको कप्तानगन्जमा कर्फ्यु निष्प्रभावी, सुरक्षा निकायमाथि चुनौती

सुनसरीमा गोली लागेर घाइते भएका युवकको निधन

साउन १४, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एक पुरुषको मृत्यु

मोरङको सुन्दरहरैँचामा भरुवा बन्दुक र गाँजासहित एक पक्राउ

साउन १४, २०८३
कोसी प्रदेशमा १० रुपैयाँले घट्यो दूधको मूल्य

दूधको पैसा नपाएपछि किसान पुगे दमकका अख्तियार

साउन १४, २०८३
सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

सुनसरी घटना : गोली लागेर घाइते भएको पाँच दिनपछि उपचारका लागि काठमाडौं लगियो

साउन १४, २०८३
उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

उदयपुरमा कारुणिक घटना : एकै घरका तीन दाजुभाइको डुबेर मृत्यु

साउन १४, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1110 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    631 shares
    Share 252 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन