इटहरी : सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते राति भएको गोलीकाण्डमा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार र नेपाल सरकारबीच सात बुँदे सहमति भएको छ।
बिहीबार गृहमन्त्री सुधन गुरुङ र मृतकका अभिभावकबीच भएको सम्झौताअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने प्रतिबद्धता जनाएको छ। साथै प्रत्येक मृतकका परिवारलाई नेपाल सरकारका तर्फबाट १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ।
सम्झौतामा घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने उल्लेख छ। देवानगञ्ज–३ स्थित मदरसाको कानुनी हैसियत तथा सम्बन्धित विषयमा पनि आवश्यक छानबिन तत्काल सुरु गरिने सहमति भएको छ।
त्यस्तै, प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, घटनाको अध्ययनका लागि गठित छानबिन समितिको प्रतिवेदनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाउने तथा मृतकद्वयको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा उपयुक्त स्थानमा स्मृति पार्क निर्माण गर्ने सहमति पनि भएको छ।
सहमतिसँगै मृतकको आज (शुक्रबार) अन्त्येष्टि गरिनेछ।













Discussion about this post