Thursday, August 6, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

मोरङमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
साउन २१, २०८३
in समाचार
0
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

सांकेतिक तस्वीर : गुगल ।

63
SHARES
Share on FacebookShare on Twitter

मोरङ : मोरङको धनपालथान गाउँपालिका–७ कदमास्थित भित्री सडकमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।

प्रहरीका अनुसार कदमाबाट नोचातर्फ जाँदै गरेको को ३३ प ८९५३ नम्बरको मोटरसाइकलले बाटो काट्दै गरेकी स्थानीय ७० वर्षीया चुम्नीदेवी मण्डललाई ठक्कर दिएको थियो।

दुर्घटनामा गम्भीर घाइते भएकी मण्डलको टाउको र अनुहारमा चोट लागेको थियो। उनलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान करिब ४ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक धनपालथान–१ नोचाका १७ वर्षीय धीरज मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय गडेरियामा राखिएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा दुर्घटना तीव्र गतिका कारण भएको देखिएको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

Tags: #मोरङदुर्घटनामृत्यु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता
FEATURE BREAKING

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

by टाकुरा न्यूज । इटहरी
साउन २१, २०८३
0

इटहरी : इटहरी उपमहानगरपालिका–९ भद्र टोलमा किशोर मृत फेला परेको घटनामा चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको कसुरमा मुद्दा दर्ता भएको छ।...

इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव
FEATURE BREAKING

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

by टाकुरा न्यूज । इटहरी
साउन २१, २०८३
0

इटहरी : कोशी प्रदेशसहित देशैभरका बजारमा खाना पकाउने एलपी ग्यासको अभाव चुलिँदै गएपछि उपभोक्ता सास्तीमा परेका छन्। ग्यास डिलर तथा...

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

साउन २१, २०८३
सम्बन्ध विच्छेदका घटनाले बालबालिकाको जीवनमा असर

सम्बन्धविच्छेदमा सहमतिको बाटो रोज्दै दम्पती, झापामा ६० प्रतिशतभन्दा बढी मुद्दा मिलापत्रबाट समाधान

साउन २१, २०८३
इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

ब्राउनसुगरसहित इटहरीका दुई जना पक्राउ

साउन २०, २०८३

झापा : भन्सार छली गरी भण्डारण, २५ लाख मूल्य बराबरका सामान बरामद

साउन २०, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

इटहरीमा सरोज न्यौपाने मृत्यु प्रकरण : चार जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

साउन २१, २०८३
इटहरी–धरानसहितका ठाउँमा खाना पकाउने ग्यासको चरम अभाव

बजारमा खाना पकाउने ग्यासको हाहाकार, उपभोक्ता सास्तीमा

साउन २१, २०८३
उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

मोरङमा तीव्र गतिको मोटरसाइकलले ठक्कर दिँदा वृद्धाको मृत्यु

साउन २१, २०८३
राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

राडार गन र मापसे जाँचको प्रभावकारी प्रयोग गर्न कोशी प्रदेश प्रहरी प्रमुखको निर्देशन

साउन २१, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङका नौ वटा सहकारी खारेजी प्रक्रियामा, कार्यालय नै बन्द

    इटहरीका दुईसहित सात वटा सहकारी संस्था खारेज

    1111 shares
    Share 444 Tweet 278
  • तरहरामा जल अप्सराको उपस्थिति, बासस्थान अभावले टिक्न सकेन

    633 shares
    Share 253 Tweet 158
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    601 shares
    Share 240 Tweet 150
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    466 shares
    Share 186 Tweet 117
  • इटहरीमा ट्रकको ठक्करबाट वृद्धाको मृत्यु

    456 shares
    Share 182 Tweet 114

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.