Friday, October 16, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : ‘एक घर, एक धारा’पछि सहज भयो डाँडागाउँवासीको दैनिकी

रासस by रासस
साउन ३०, २०८३
in विविध, समाचार
0
इटहरीका यी स्थानमा छैन खानेपानी, कारण के हो ?

सांकेतिक तस्बिर ।

58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुर नगरपालिका–४ डाँडागाउँ टोलका १५ घरपरिवारको वर्षौँदेखिको खानेपानीको समस्या समाधान भएको छ ।

‘ओखिम खानेपानी आयोजना’मार्फत घरघरमा धारा जडान भएपछि स्थानीयवासीलाई बाह्रै महिना खानेपानीको सुविधा उपलब्ध भएको हो ।

घरघरमा धारा पुगेपछि स्थानीयवासीलाई खानेपानीका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । यसबाट दैनिक जनजीवन सहज हुनुका साथै सरसफाइ र पशुपालनमासमेत सहजना भएको स्थानीयवासीले बताएका छन् ।

स्थानीयवासी टिकादेवी खड्काले घरमै खानेपानीको धारा जडान भएपछि वर्षौँदेखिको समस्या समाधान भएको बताइन् । उनले भनिन् “दैनिक रुपमा घरमै पानी आएपछि सरसफाइ, चौपायालाई खुवाउनसँगै दैनिक जीवन सहज बनेको छ ।”

स्थानीयवासी ज्ञाद्रमाया पाण्डेले विगतमा घरमा धारा नहुँदा खोलाको पानी बोकेर ल्याउनुपर्ने बाध्यता रहेको सुनाइन् ।

उनले भनिन्, “घरमै धारा आएपछि पानी ल्याउन लाग्ने समय र श्रम बचत भएको छ । घरमा धारा जडान भएसँगै बालबच्चासँगै घरयासी काममा सहजता भएको छ। ”

निर्माण उपभोक्ता समिति अध्यक्ष ज्ञानबहादुर बस्नेतका अनुसार आर्थिक वर्ष २०८१/८२ बाट सुरु भएको आयोजना आर्थिक वर्ष २०८२र८३ मा सम्पन्न गरिएको हो । आयोजनाअन्तर्गत पानीको समस्यामा रहेका नागरिकको परिवारमा ‘एक घर, एक धारा’ जडान गरिएको अध्यक्ष बस्नेतको भनाइ छ ।

स्थानीय उपभोक्ताबाट रकम उठाएर तीन लाखमा मुहान खरिद गरेर बस्तीसम्म पानी ल्याउन सफल भएको अध्यक्षे बस्नेतले जानकारी दिए । भविष्यमासमेत योजनाको दिगो र सहज सञ्चालनको लागि उपभोक्ता समिति एकजुट बनेको उनको भनाइ छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय भोजपुरका प्रमुख आशुतोषकुमार ठाकुरले जनश्रमदान र कार्यालयको लगानीमा करिब २५ लाखको लागतमा आयोजना सम्पन्न भएको जानकारी दिए । आयोजनाले स्थानीयवासीको खानेपानीसँगै सरसफाइ र पशुपालनमासमेत सहजता ल्याएको उनले बताए ।

कार्यालयका इन्जिनियर दीपक यादवका अनुसार आयोजनाको मुख्य पाइपलाइन एक हजार मिटर र वितरण पाइपलाइन दुई हजार एक सय मिटर रहेको छ ।

आयोजनाले डाँडागाउँ टोलका १५ घरपरिवारलाई नियमित खानेपानीको सुविधा उपलब्ध गराएको उनले जानकारी दिए ।

Tags: #भोजपुरधारा
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज
विविध

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

by रासस
अशोज २९, २०८३
0

भोजपुर : भोजपुर र सङ्खुवासभालाई जोड्ने अरुण नदीको सतिघाटमा फेरि सेवा सञ्चालन भएसँगै नदी वारपार गर्न सहज हुने भएको छ...

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी
समाचार

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

by माधव पोख्रेल
अशोज २९, २०८३
0

उदयपुर : उदयपुरको सदरमुकाम गाईघाटस्थित जिल्ला अस्पताल उदयपुरमा चिकित्सक नभेटिएपछि उपचारका लागि आएका चार दर्जनभन्दा बढी बिरामी उपचारबिनै घर फर्कन बाध्य...

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

यस्तो छ कोशी मन्त्रिपरिषद्का निर्णय

अशोज २९, २०८३
मोरङमा एक पुरुष मृत भेटिए

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु

अशोज २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

सतिघाटमा फेरि सञ्चालन, भोजपुर–सङ्खुवासभा आवागमन सहज

अशोज २९, २०८३
जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

जिल्ला अस्पतालमा चिकित्सक नभेटिएपछि उपचारबिनै घर फर्किन बाध्य बिरामी

अशोज २९, २०८३
धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

धरान आउँदै गरेको बस उदयपुरमा दुर्घटना हुँदा एकको मृत्यु, १६ जना घाइते

अशोज २९, २०८३
विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

विद्यालय पूर्वाधार विस्तार : समेटिएन इटहरीकाे जनता मावि

अशोज २९, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    634 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • इटहरीमा ब्राउनसुगर र नगदसहित युवक पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    287 shares
    Share 115 Tweet 72

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.