Tuesday, August 25, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन

रासस by रासस
भदौ ८, २०८३
in विविध, समाचार
0
भोजपुर : उत्पादनअघि नै बजार सुनिश्चित, रायो र मूलाखेती किसानलाई प्रोत्साहन
58
SHARES
Share on FacebookShare on Twitter

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्दै रायो र मूलाखेती प्रवर्द्धनमा जोड दिएको छ।

गाउँपालिकाले उन्नत जातको रायो र मूलाको बीउ वितरण गर्ने तयारीसँगै किसानले उत्पादन गरेका कृषि उपजको बजार सुनिश्चित गर्न खरिद पूर्वसम्झौता गरेको छ।

गाउँपालिकाले किसानलाई आवश्यक पर्ने उन्नत जातको रायो र मूलाको बीउ उपलब्ध गराउन आवेदन माग गरेको छ। कृषि विकास शाखाको स्वीकृत कार्यक्रमअन्तर्गत उन्नत जातको बीउ वितरण गरी उत्पादन वृद्धि गर्ने लक्ष्य राखिएको गाउँपालिकाले जनाएको छ।

किसानले उत्पादन गरेका रायो र मूलाको बजारीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले सिद्धकाली एग्रो प्रालि भोजपुरसँग खरिद पूर्वसम्झौता गरेको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए।

सम्झौताअनुसार न्यूनतम समर्थन मूल्य निर्धारण गरी रायो ५०० टन र मूला ५०० टन खरिद गरिनेछ।

गाउँपालिका अध्यक्ष बस्नेतले भने, ‘किसानलाई उत्पादनमा मात्र नभएर उत्पादित वस्तुको बजार सुनिश्चिततामा स्थानीय सरकारले सहयोग गर्नुपर्छ। त्यसैले उत्पादन गर्नुअघि नै खरिद गर्ने पक्षसँग सम्झौता गरेका हौँ। यसले किसानलाई आफ्नो उत्पादन बिक्री हुने सुनिश्चिततासहित व्यावसायिक खेतीमा लाग्न प्रोत्साहन गर्नेछ।’

गाउँपालिकाले किसानलाई आवश्यक बीउ उपलब्ध गराउनुका साथै खेती प्रविधिबारे प्राविधिक सहयोग गर्ने जनाएको छ।

उत्पादनको परिमाण बढाउँदै किसानको आम्दानीमा वृद्धि गर्ने उद्देश्यले रायो र मूलालाई प्राथमिकतामा राखिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अदित दाहालले जानकारी दिए।

उनका अनुसार किसानलाई बीउ वितरण, उत्पादनमा प्राविधिक सहजीकरण तथा बजारीकरणमा सहकार्य गर्ने गरी कार्यक्रम अघि बढाइएको हो।

उत्पादन भएका कृषि उपजले उचित मूल्य नपाउने तथा बजारको अभाव हुने समस्या समाधान गर्न खरिद पूर्वसम्झौता महत्त्वपूर्ण हुने उनको भनाइ छ।

गाउँपालिका उपाध्यक्ष रमादेवी राईले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्त्वपूर्ण आधारका रूपमा विकास गर्न गाउँपालिकाले उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्दै आएको बताइन्।

किसानलाई उत्पादनमा प्रोत्साहनसँगै उनीहरूको उपजको उचित मूल्य प्राप्त हुने वातावरण निर्माण गर्न आवश्यक रहेको उनको भनाइ छ।

रायो र मूलाको व्यावसायिक उत्पादन बढाएर स्थानीय किसानको आम्दानी वृद्धि गर्ने तथा बाह्य क्षेत्रबाट आउने तरकारीको निर्भरता घटाउने लक्ष्य गाउँपालिकाले राखेको छ।

Tags: #भोजपुरप्रोत्साहन
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ
समाचार

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : इटहरीबाट प्रहरीले लागूऔषध ट्रामाडोलसहित दुई जनालाई पक्राउ गरेको छ। इटहरी–११ बाट प्रहरीले १ हजार ६८० क्याप्सुल ट्रामाडोल र...

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप
खेलकुद

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

by टाकुरा न्यूज । इटहरी
भदौ ९, २०८३
0

इटहरी : स्थानीय खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडीसँग एउटै मैदानमा खेल्ने अवसर दिने उद्देश्यले इटहरी मेयर कप क्रिकेट प्रतियोगिताको स्वरूप...

सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

हात्तीको जैविक मार्गभन्दा बस्ती संरक्षण प्राथमिकतामा राख्न माग

भदौ ९, २०८३
तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

तीन झरना, एउटै खोला : पर्यटकको पर्खाइमा तीनछाँगे

भदौ ९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

इटहरीमा निर्वाचन बहिष्कार गतिविधिमा संलग्न आरोपमा दुई नेता पक्राउ

इटहरीमा लागूऔषधसहित दुई जना पक्राउ

भदौ ९, २०८३
नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

नकआउटबाट सुपर लिगमा जाँदै इटहरी मेयर कप

भदौ ९, २०८३
सर्पको टोकाइबाट एक महिलाको मृत्यु

मोरङ : सुतिरहेकी बालिकालाई सर्पले डसेर मृत्यु

भदौ ९, २०८३
इटहरीमा जेनजी आन्दोलनमा हराएका गोली निजी घरमा भेटिएपछि…

इटहरीमा करिब ६ लाखको भन्सार छलीका सामान बरामद, बैंकिङ कसुरका फरार पक्राउ

भदौ ९, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    289 shares
    Share 116 Tweet 72
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    277 shares
    Share 111 Tweet 69

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
नाम
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
नाम
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.