Saturday, September 12, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

माधव पाेख्रेल by माधव पाेख्रेल
भदौ २७, २०८३
in FEATURE BREAKING, समाचार
0
बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर
52
SHARES
Share on FacebookShare on Twitter

उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ बसाहा वरपर तथा मदन भण्डारी लोकमार्ग दायाँबायाँ अहिले सप्तरीको बरमझियाका पेडा पसलहरु सञ्चालनमा आएका छन् ।

उदयपुरको चौदण्डीगढी नगरपालिकाको वडा नं ३ र ४ को हात्तीसार, ४५ चोक तथा बसाहा क्षेत्रमा र बेलकाको कोशी पुल वरपर अहिले सप्तरीको बरमझियाका पेडा पसलहरु सरेर आउने क्रम जारी छ ।

नेपालमा मात्र होइन खाडी मुलुक तथा अन्य विभिन्न देशमासमेत ख्याती प्राप्त बरमझियाको कोशी प्रदेशका १० जिल्लाका साना तथा ठूला सवारी साधन र यात्रुहरु सुनसरीको चतरास्थित सप्तकोशीको पुल पार उदयपुर जिल्ला हुँदै मदन भण्डारी लोकमार्गबाट काठमाण्डौ जाने गरेका छन् । पहिले मदन भण्डारी लोकमार्ग सञ्चालनमा नरहँदा सप्तरीको भारदहस्थित कोशी पुल तरेर पूर्वका सबैखाले सवारी साधन सञ्चालनमा थिए । मदन भण्डारी लोकमार्ग निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि पूर्वका साना तथा ठूला सवारी साधनहरु यही लोकमार्ग हुँदै सञ्चालन हुन थालेपछि बरमझियाको पेडा पसलहररु सङ्कटमा पर्न थालेकोले व्यवसायीहरुले आफ्नो पेडा व्यवसाय नै उदयपुरको चौदण्डीगढी नगरपालिका क्षेत्रमा सार्न थालेको बताइएको छ ।

बरमझियाका पेडा पसलहरु सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. १ चतरास्थित कोशी पुल वरपरका क्षेत्रमा र उदयपुरको बेलका नगरपालिका, चौदण्डीगढी नगरपालिकाका विभिन्न वडाहरुमा मदन भण्डारी लोकमार्गकै कारण सञ्चालनमा आएको बताइएको छ ।

यसरी यस क्षेत्रमा पेडा पसलहरु सर्नुको कारणमा पूर्वका सवारी साधनहरु यही बाटोबाट सञ्चालन हुने गरेको र यस क्षेत्रमा कृषि पशुपालन व्यवसाय तथा दुग्ध उत्पादन बढ्दै गएकोले पेडा बनाउन आवश्यक पर्ने दूध पाइने भएको हुँदा पेडा पसलहरुको सङ्ख्या पनि बढेको पेडा उत्पादक व्यापारी राम किशोर साह हलुवाई बताउँछन् ।

अर्का पेडा उत्पादक जगदीश साहका अनुसार बरमझियामा भारतको बिहारका किसानले उपलब्ध गराएको दुधले पेडा खुवा बनाउनु पर्दथ्यो । तर उक्त दूधमा पानी मिसावट हुने भएकोले पेडा वा खुवाको गुणस्तरमा कमी हुने र ग्राहकले मन नपारउने अवस्था थियो । तर अहिले उदयपुरको बसाहामा सरेपछि भने शुद्ध दूध पाइने भएकोले पेडाको गुणस्तर पनि राम्रो रहेको बतायन्छ ।

चौदण्डीगढी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष लुङ्गराज राईले मदन भण्डारी लोकमार्ग सञ्चालनमा आएपछि यहाँका जनताको जीवनस्तरमा सुधार हुँदै गएको र रोजगारी तथा व्यापार व्यवसाय संचालनमा अवसर प्राप्त गरेको बताए ।

उनले स्थानीय सरकारले कृषि क्षेत्रलाई र पशुपालन व्यवसायलाई प्राथमिकता दिएको र दुध उत्पादनलाई विेशेष रुपमा अघि सारेर वडाले पनि किसानहरुलाई प्रोत्साहन गरेकोले सप्तरीको बरमझिया क्षेत्रका पेडा उत्पादक व्यापारीहरु बसाहा क्षेत्रमा व्यवसाय गर्न आएको बताए ।

चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख कालुमान लामाले मदन भण्डारी लोकमार्ग सञ्चालनले बहुआयामिक विकासमा सहयोग पुग्ने हुन्छ त्यसमा पनि उदयपुरको चौदण्डीगढी नगरपालिकालाई अत्यधिक फाइदा भएको छ । हिजोका साना गाउँहरु जहाँ एउटा पसल पनि थिएनन् ती गाउँहरु आज बजारीकरण हुँदै गएको छ । सप्तरीको बाजेका पेडा पसलहरु धमाधम चौदण्डीगढीको वडा नं ३ र ४ मा संचालन हुँदै गरेको छ भने विभिन्न प्रकारका पसल उद्योग व्यवसाय संचालन भैरहेको र कतिपय संचालन हुने क्रममा रहेको बताए ।

महेन्द्र राजमार्गको बिकल्पका रुपमा मदन भण्डारी लोमार्ग सञ्चालन भएकोले सप्तकोशी पूर्वका १० जिल्लाका साना तथा ठूला सवारी साधनहरु मदन भण्डारी लोकमार्गबाट नै काठमाण्डा,ै हेटौडा, चितवन, नारायणघाट पश्चिमका सबै बुटवल हुँदै पश्चिम जाने तथा पोखरा, बाग्लुङ लगायतका ठाउँहरुमा जाने गरेका छन् । सवारी साधनहरुको कमी भएपछि बरमझिया क्षेत्रमा पेडा पसलहरु अहिले उदयपुरतिर सरेर सञ्चालन भएको हो ।

पशुपालन गाइर्, भैसी, खसी, बाख्रा उदयपुर जिल्लामा राम्रो हुने र हरियो घाँस चरन क्षेत्र पनि रहेकोले स्थानीय सरकारको कृषि तथा पशुपालन व्यवसायलाई प्राथमिकता दिने नीतिअनुसार किसानहरुले समूहगत तथा व्यक्तिगत रुपमा कृषि उत्पादनलाई जोड दिइएको छ । दुग्ध उत्पादनलाई बढाएर दुग्ध जन्य व्यवसाय प्रवद्र्धन गरेर स्थानीय जनताको आय आर्जन बढाउँदा पालिकाको , सामाजिक, शैक्षिक तथा अन्य खालको आर्थिक समृद्धिमा समेत टेवा पुग्ने नगरप्रमुख लामा बताउनु हुन्छ ।

चतरास्थित कोशी पुलपारि उदयपुरको बेलका नगरपालिका वडा नं ८ को कोठूमा पनि बरमझियाका पेडा पसल सञ्चालनमा आएको छ । यस क्षेत्रमा पेडा पसल सञ्चालनमा आएपछि यहाँका किसानहरु गाईभैँसी पालनमा अघि बढेकोले पेडा पसलमा दूध खपत भैरहेको बेलका ८ कोठू क्षेत्रका पशुपालक किसानहरु बताउँछन् ।

मदन भण्डारी ला्कमार्ग अहिले उदयपुरका जनताकालागि समृद्धिको आधार मात्र होइन यसले उदयपुरको हरेक क्षेत्रको विकास र गाउँलाई बजारीकरण गर्नसमेत मद्दत पुगेको छ । यस क्षेत्रमा उत्पादनमुखी तथा नगदे व्यापार व्यवसायको सम्भावना अझ बढेर गएको छ । कृषि उत्पादनलाई सडकमा राखेर व्यवसाय गर्नसमेत सहज भएको छ भने सवारी साधनमा यात्रा गर्नै यात्रुहरुको खाजा खाना ठाउँका रुपमा र तरकारी फलफुल खरिद गर्ने ठाउँका रुपमा पनि यस क्षेत्रले निकै राम्रो परिचय पाउन थालेको स्थानीय जनताको भनाइ छ ।

Tags: पेडाबरमझियासप्तरी
माधव पाेख्रेल

माधव पाेख्रेल

Related Posts

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ
FEATURE BREAKING

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

by माधव पाेख्रेल
भदौ २७, २०८३
0

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुर मातहतको प्रहरी चौकी लालपत्ताबाट खटिएको प्रहरी टोलीले १०१ किलो ६४० ग्राम प्रतिबन्धित लागुऔषधका रुपमा...

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?
FEATURE BREAKING

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

by माधव पाेख्रेल
भदौ २७, २०८३
0

इटहरी : नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इटहरी कांग्रेसमा आगामी नेतृत्वबारे बहस सुरु भएको छ । नगर सभापतिका लागि...

बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३
इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

इलाममा अटो दुर्घटनामा ६ जना सख्त घाइते

भदौ २६, २०८३
पूर्वमा चिया पर्यटन

पूर्वमा चिया पर्यटन

भदौ २६, २०८३
सुनसरीको चतरास्थित कोसी पुल नजिक दुर्घटना, एक युवकको मृत्यु

मदन भण्डारी लोकमार्ग : उदयपुरको आर्थिक समृद्धि

भदौ २६, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

बरमझियाका पेडा : बसाइ सरेर उदयपुरतिर

भदौ २७, २०८३
एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

एक क्विन्टेल लागूऔषध गाँजासहित ५ जना पक्राउ

भदौ २७, २०८३
इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

इटहरी कांग्रेस : अबको नेतृत्व कसको ?

भदौ २७, २०८३
बाढीपीडितको राहतमा जुट्यो तरहरा

बाढीपीडितको राहतमा जुट्यो तरहरा

भदौ २७, २०८३



लाेकप्रिय

  • सर्पको टोकाइबाट एक महिलाको मृत्यु

    इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    344 shares
    Share 138 Tweet 86
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    295 shares
    Share 118 Tweet 74
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    312 shares
    Share 125 Tweet 78
  • साइबर मुद्दामा पूर्व विव्यस अध्यक्ष झा पक्राउ

    235 shares
    Share 94 Tweet 59

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.