इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पाँचथरको हिलिहाङ गाउँपालिका–९ घर भई हाल काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–७ बस्दै आएका २७ वर्षीय रोशन माझी रहेका छन् ।
प्रहरीका अनुसार माझीलाई आइतबार राति करिब ९ बजे कागेश्वरी मनोहरा–७ स्थित हरहर महादेव क्षेत्रबाट पक्राउ गरिएको हो । प्राप्त सूचनाका आधारमा खोजी गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
माझी जबरजस्ती करणी मुद्दामा सजाय भुक्तान गरिरहेका कैदी हुन् । गत भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा उनी सुनसरीस्थित झुम्का कारागारमा कैद भुक्तान गरिरहेको अवस्थामा कारागारबाट फरार भएका थिए ।
फरार भएपछि प्रहरीले उनको खोजी तथा निगरानीलाई निरन्तरता दिँदै आएको थियो । पक्राउ परेका माझीलाई आवश्यक कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।











Discussion about this post