Friday, September 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
in FEATURE BREAKING, समाचार
0
मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी
62
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेशमा स्रोत अभावमा वर्षौंदेखि अधुरा र अलपत्र अवस्थामा रहेका २३२ वटा योजनाहरू यसै आर्थिक वर्षभित्र सम्पन्न हुने भएका छन् ।

म्याद सकिएका तथा बजेट अभावले सम्पन्न नभएका सडक, पुल तथा भवनसमेत दुई सय ३२ वटा योजनाको म्याद थप र बजेट व्यवस्थापनका लागि भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य सकारात्मक देखिएपछि ती योजनाहरूले गति लिने निश्चित भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयमा मन्त्री आचार्य र निर्माण व्यवसायी महासंघ कोशी प्रदेशको टोलीबीच भएको छलफलपछि यी अधुरा योजनालाई अघि बढाउने सहमति जुटेको हो ।

मन्त्री आचार्यले निर्माण व्यवसायीहरूलाई यो अन्तिम मौका भएको स्पष्ट पार्दै चालु आर्थिक वर्षको केही महिनाभित्रै काम सक्ने सर्तमा म्याद थप गर्न सकिने धारणा राखेका छन् ।

व्यवसायीहरूले पनि अब ढिलासुस्ती नगरी निर्धारित समयभित्रै गुणस्तरीय काम सम्पन्न गर्ने सामूहिक प्रतिबद्धता जनाएका छन् ।

उनीहरूले अधुरा रहेका योजना सम्पन्न गर्न अन्तिम पटक मौका दिनुपर्ने माग गर्र्दै मन्त्री र मन्त्रालयको सहयोग खोजेका थिए ।

सरकारको ठूलो बजेट लगानी भइसकेको तर प्राविधिक हिसाबले अगाडि नबढेका त्यस्ता योजनाहरु सम्पन्न गर्ने पहल मन्त्री आचार्यले अगाडि बढाएका हुन् ।

मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२–८३ सम्ममा १२१ वटा कालोपत्रे सडकहरू अधुरा थियो । त्यसबाहेकका पुल, भवन आदिसमेत गरी थप १११ योजनाहरु स्रोत अभावमा त्यस्तै अलपत्र अवस्थामा रहेका कारण अघि बढ्न सकेका थिएनन् ।

गत आर्थिक वर्षमा मोरङका ४५, झापाका ४२, सुनसरीका १९, इलामका ९, खोटाङका ३, उदयपुरका २ र धनकुटाको १ सडक योजना स्रोत अभावमा अधुरा रहेका थिए । ती सडक सडक सम्पन्न गर्न मात्रै झण्डै ३२ करोड खर्च आवश्यक पर्ने थियो । थप १११ योजनाहरु अघि बढाउँदा ६० करोड रुपैयाँ भन्दा बढी स्रोत व्यवस्थापन गर्नुपर्ने बताइएको छ ।

मन्त्री आचार्यले अधुरा योजना अघि बढाउँदा आवश्यक पर्ने बजेट व्यवस्थापनका लागि मुख्यमन्त्री र अर्थमन्त्रीसँग आवश्यक समन्वय गर्ने आश्वासन दिएका छन् ।

मन्त्री आचार्यले भने, ‘सरकार र निर्माण व्यवसायी एकअर्काका साझेदार हुन् । व्यवसायीहरूले इमानदारिताका साथ तोकिएको केही महिनाभित्रै काम सक्ने प्रतिबद्धता जनाएकाले सरकारले अन्तिम पटक म्याद थप र बजेट व्यवस्थापनमा सहजीकरण गर्नेछ । तर, काममा कुनै पनि बहानामा ढिलासुस्ती सह्य हुने छैन ।’

उनले मुख्यमन्त्री र अर्थ मन्त्रालयको सल्लाह बमोजिम स्रोतको व्यवस्थापन गरिने तर काम भने युद्धस्तरमा अघि बढ्नुपर्ने अडान राखेका छन् ।

मन्त्रीको सकारात्मक जवाफपछि निर्माण व्यवसायीहरू उत्साहित देखिएका थिए । निर्माण व्यवसायी महासंघ कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष केशरबहादुर बुढाथोकीले मन्त्रीको सकारात्मक पहलले आफूहरूलाई नयाँ ऊर्जा दिएको बताए ।

उनले भने, ‘आजको भेटपछि हाम्रा वास्तविक समस्या समाधान हुने र अलपत्र योजनाहरूले पूर्णता पाउने विश्वास पलाएको छ । मन्त्रीज्यूको सकारात्मक अडानमा हामी सहमत छौँ र यसै वर्षभित्र काम सक्न हामी दृढ छौँ ।’

यस सहमतिसँगै प्रदेशका विभिन्न जिल्लामा रोकिइरहेका सडक योजनाहरूले पूर्णता पाउने र सर्वसाधारणले सहज यातायातको सुविधा पाउने अपेक्षा गरिएको छ ।

Tags: कोसी प्रदेशजीवन आचार्य
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

समाचार

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटा नगरपालिका–२ भिरगाउँका २९ वर्षीय अनिल राई...

सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
FEATURE BREAKING

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

by टाकुरा न्यूज । इटहरी
अशोज २, २०८३
0

इटहरी : हुण्डीमार्फत एक अर्ब ५७ करोड ६४ लाख ३९ हजार तीन सय ४० रुपैयाँ ८१ पैसा कारोबार गरेको आरोपमा...

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३
कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

कानुनी साक्षरतामा जटिल प्रश्न – पाँच सय पनि नतिरी किन फरार हुन्छन् प्रतिवादी ?

अशोज १, २०८३
वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

वराहक्षेत्रमा तीर्थालुको सहायताका लागि खोलियो कार्यालय

अशोज १, २०८३
इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

इटहरीमा सडक सुरक्षाका लागि रिफ्लेक्टर बोर्ड राखियो

अशोज १, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

मन्त्रीको ‘ग्रीन सिग्नल’पछि कोशीका दुई सय ३२ योजना यसै वर्ष सम्पन्न गर्ने तयारी

अशोज २, २०८३

इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

अशोज २, २०८३
सुनसरीमा एक सय केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ

एक अर्ब ५७ करोडको हुण्डी कारोबार आरोपमा सुनसरी प्रहरीद्धारा दुई जना पक्राउ

अशोज २, २०८३
हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

हामी अब हिँड्ने बाटो अध्यात्म र दर्शनको हो (अन्तर्वार्ता)

अशोज १, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    957 shares
    Share 383 Tweet 239
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    759 shares
    Share 304 Tweet 190
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    354 shares
    Share 142 Tweet 89
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    318 shares
    Share 127 Tweet 80
  • इटहरीमा कोरियाको सपना देखेका अनोज : ‘चीन पुगे’ भन्दै ढाँटिए, त्यसपछि कुशको शवमा बिदाइ

    293 shares
    Share 117 Tweet 73

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.