Tuesday, November 24, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

माधव पोख्रेल by माधव पोख्रेल
मंसिर ८, २०८३
in समाचार
0
चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
51
SHARES
Share on FacebookShare on Twitter

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले आर्थिक वर्ष २०७९ देखि हालसम्म चार वर्षको अवधिमा भएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी प्रगति विवरण सार्वजनिक गरेको छ।

सोमबार पत्रकार सम्मेलन आयोजना गरी नगरपालिकाले शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार, पर्यटन, सडक, पुल, कल्भर्ट, सिँचाइ, सामाजिक सुरक्षा तथा विद्युत् विस्तारलगायतका क्षेत्रमा भएका कामको विवरण सार्वजनिक गरेको हो।

२०७९ साल वैशाखमा भएको स्थानीय तह निर्वाचनबाट नगरप्रमुखमा कालुमान लामा निर्वाचित भएपछि नगरपालिकाले विभिन्न क्षेत्रलाई प्राथमिकता दिएर विकास निर्माणका काम अघि बढाएको जनाएको छ।

नगरपालिकाद्वारा सार्वजनिक विवरणअनुसार विद्युत् विस्तारतर्फ १० वटा ट्रान्सफर्मर, ४६५ वटा विद्युत् पोल, ६८० वटा सडकबत्ती तथा २५ वटा हाइमास्ट लाइट जडान गरिएको छ। सिँचाइका विभिन्न योजना सञ्चालन गरी कृषि उत्पादनलाई प्राथमिकता दिइएको नगरपालिकाले जनाएको छ।

भौतिक पूर्वाधारतर्फ १९ हजार ६१५ मिटर सडक कालोपत्रे, ६२९ मिटर सडक ढलान तथा १ लाख ६७ हजार ५४९ मिटर सडक ग्राभेल गरिएको विवरणमा उल्लेख छ। नयाँ सडकको ट्र्याक निर्माण, सडक मर्मतसम्भार, ढल निर्माण, स्वास्थ्य संस्था तथा विद्यालय भवन निर्माण र खेलकुदका लागि कभर्डहल निर्माणका कामसमेत अघि बढाइएको छ।

त्यसैगरी बजार विस्तार, कृषि तथा पशुपन्छी विकास, खेलकुद, उद्यम विकास, शिक्षा, स्वास्थ्य, रोजगार सेवा केन्द्र र सुरक्षित आप्रवासन केन्द्र सञ्चालनलगायतका क्षेत्रमा पनि काम गरिएको नगरपालिकाले जनाएको छ।

महिला तथा बालबालिका, पर्यटन प्रवर्द्धन, लैङ्गिक तथा अल्पसंख्यक समुदाय, सामाजिक सुरक्षा र अपाङ्गता परिचयपत्र तथा सहायक सामग्री वितरणका क्षेत्रमा समेत विभिन्न कार्यक्रम सञ्चालन गरिएको विवरणमा उल्लेख छ।

न्यायिक समितिमार्फत भएका कामबारे उपप्रमुख मणिकादेवी दुलालले हालसम्म १२० वटा मुद्दा दर्ता भएकोमा ८९ वटा मुद्दा फर्छ्योट भइसकेको र ३१ वटा मुद्दा प्रक्रियामा रहेको जानकारी दिइन्।

नगरपालिकाले स्थानीय तहमै भूमिसम्बन्धी तथा जग्गा नापजाँच सेवा प्रदान गर्दै आएको छ। लामो समयदेखि जग्गा भोगचलन गरे पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका नागरिकको जग्गा नापजाँच गरी पुर्जा वितरणको प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।

सार्वजनिक विवरणअनुसार हालसम्म ५ हजार २९ जनाको भोगाधिकारका लागि प्रमाणपत्र तयार भएको र ३४३ जनालाई भोगाधिकार प्रमाणपत्र वितरण गरिएको छ। बाँकी प्रमाणपुर्जा वितरणको काम सोमबारदेखि वडा नम्बर ३ बाट सुरु गरिएको नगरपालिकाले जनाएको छ।

पत्रकार सम्मेलनमा नगरप्रमुख कालुमान लामाले आफ्नो कार्यकालमा भएका कामको विवरण पारदर्शी रूपमा नागरिकसमक्ष प्रस्तुत गर्न कार्यक्रम आयोजना गरिएको बताए। विकास निर्माण तथा सेवा प्रवाहका क्रममा भएका कमी–कमजोरीबारे सुझाव र सल्लाह प्राप्त गर्न पनि विवरण सार्वजनिक गरिएको उनको भनाइ थियो।

कार्यक्रममा नगरप्रमुख लामा, उपप्रमुख मणिकादेवी दुलाल, प्रमुख प्रशासकीय अधिकृत रोशनी देवी कार्की, वडाध्यक्ष, वडा सदस्य, समाजका अगुवा, सञ्चारकर्मीलगायत सर्वसाधारणको उपस्थिति रहेको थियो।

Tags: चौदण्डीगढी
माधव पोख्रेल

माधव पोख्रेल

उदयपुरको गाईघाटमा रहेर साहित्यिक लेखन तथा पत्रकारिता गर्दै आएका पोख्रेल निजामती सेवाबाट अवकाशप्राप्त हुन् । उनी विभिन्न साहित्यिक तथा सामाजिक संस्थामा आबद्ध छन् । अवकाशप्राप्तपछि पत्रकारिता यात्रा सुरु गरेका उनी टाकुरा न्यूजका लागि उदयपुर संवाददाता हुन् ।

Related Posts

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक
समाचार

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

by माधव पोख्रेल
मंसिर ८, २०८३
0

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिकाले वर्षौंदेखि जग्गा जोतभोग गर्दै आए पनि जग्गाधनी प्रमाणपुर्जा नपाएका ३६४ जना किसानलाई भोगाधिकारसहितको जग्गाधनी प्रमाणपुर्जा वितरण...

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका
विविध

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

by टाकुरा न्यूज । इटहरी
मंसिर ८, २०८३
0

सुनसरी : इनरुवा नगरपालिका–२ बिहीबारेका श्रीराम पण्डितले माटाका भाँडा बनाउने पुर्ख्यौली पेसालाई निरन्तरता दिँदै आएका छन् । बजारमा प्लास्टिकका भाँडाकुँडाको...

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३
हात्तीमैत्री बन्यो झापाको बाहुनडाँगी

विद्युतीय तार तोड्दै हात्तीको प्रवेश

मंसिर ८, २०८३
तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री बालेन र मोदीद्वारा संयुक्त शिलान्यास

मंसिर ७, २०८३
कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

कोशीमा ‘सुरक्षित यात्रा अभियान’काे शुभारम्भ, जितबहादुर राई सम्मानित

मंसिर ७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीका ३६४ परिवारलाई भोगाधिकारसहितको जग्गाधनी पुर्जा वितरण

मंसिर ८, २०८३
चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

चौदण्डीगढीको चार वर्षे विकासको प्रगति विवरण सार्वजनिक

मंसिर ८, २०८३
प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

प्लास्टिकको बढ्दो प्रयोगबीच माटोसँग जोडिएको श्रीरामको जीविका

मंसिर ८, २०८३
मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मुन्दुम पदमार्गमा बढ्यो पर्यटकको आकर्षण

मंसिर ८, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    बैंकिङ कसुरमा इटहरीका अधिकारी पक्राउ

    1119 shares
    Share 448 Tweet 280
  • यी हुन् इटहरी दुर्घटनामा ज्यान गुमाउने दुई युवा

    1094 shares
    Share 438 Tweet 274
  • इटहरी उपमहानगरका इन्जिनियर प्रहरी नियन्त्रणमा

    390 shares
    Share 156 Tweet 98
  • ब्राउनसुगरसहित इटहरीकी एक युवती र दुई युवक पक्राउ

    340 shares
    Share 136 Tweet 85
  • मोरङमा ग्यास चुहावटको आगोले खोस्यो ३० वर्षीया सुरक्षाको जीवन

    276 shares
    Share 110 Tweet 69

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.