इटहरी २० तरहरामा बेवारिसे लास भेटिएको छ ।
तरहराको धनपुरी टोलस्थित होम्स लाइनमा आज बिहान बेवारिसे लास भेटिएको तरहरा प्रहरी चौकीले जनाएको छ ।
एक प्रहरीले दिएको जानकारी अनुसार ती व्यक्तिको नाम, थर, वतन खुलेको छैन ।
अन्दाजी ५० बर्ष जस्तो देखिने उनको मृत्युबारे आज बिहान ५ बजेमात्र प्रहरीलाई खबर भएको थियो ।
घटनाबारे थप अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
मृतकको शब पोस्टमार्टमका लागि लैजाने तयारी भैरहेको छ ।














Discussion about this post