तरहराकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इटहरी २० तरहराकी एक महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
७५ वर्षीया महिलाको आज बिहीबार बिहान १२ः०५ बजेको समयमा मृत्यु भएको प्रतिष्ठानका सह–प्रबक्ता डा. आशिष श्रेष्ठले पुष्टि गरे ।
उनका अनुसार उच्च रक्तचापको समस्या रहेकी वृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
सोही दिन अस्पतालको आइसोलेसनमा भर्ना गरी उपचार गरिएको भएपनि उनको आज मृत्यु भएको श्रेष्ठले जानकारी दिए ।














Discussion about this post