विराटनगरस्थित नोबेल मेडिकल कलेजमा झापाका दुई जना र मोरङका एक जना गरी थप तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
शुक्रबार विहान झापा शिवसताक्षी नगरपालिका २ का ३७ बर्षका पुरुषको मृत्यु भएको हो भने शुक्रबार दिउँसो झापा गौरादह नगरपालिकाका ८६ बर्षीय पुरुषको मृत्यु भएको सो अस्पतालले जनाएको छ ।
शिवसताक्षीका पुरुषलाई कात्तिक ६ गते कोरोना पोजेटिभ देखिएको थियो ।
बुधबार अस्पताल भर्ना भएका गौरादहका पुरुषलाई भने निमोनिया साथै मुुटु सम्बन्धि समस्या देखिएको थियो भने उनलाई पनि अस्पताल ल्याउनु अगाडि नै कोरोना पुष्टि भएको थियो ।
यसै गरी होम आइसोलेसमा बसेका विराटनगर–४ स्थित आयलनिगमका ४६ बर्षका पुरुषको अस्पताल पुर्याउने वित्तिकै मृत्यु भएको नोवेल अस्पतालका प्रबन्धक निर्देशक नारायण दाहालले जानकारी दिए । मृतकको बुधबार कोरोना पुष्टि भएको थियो ।














Discussion about this post