पछिल्लो २४ घण्टामा विराटनगरका अस्पतालहरुमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र मोरङका २–२ तथा सुनसरी र उदपयपुरका एक–एक जना रहेका छन् ।
नोबेल अस्पतालमा चार जनाको मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार उर्लाबारी –१ की ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको हो । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
यसैगरी विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । निमोनियाको समस्या देखिएका उनको शनिबार १२ः३० बजे मृत्यु भएको हो ।
दाहालका अनुसार सुन्दरहरैचा नगरपालिका–१०, मोरङकी ६९ वर्षीया महिलाको पनि शनिबार विहान मृत्यु भएको छ । १० कात्तिकमा कोरोना पुष्टि भएकी उनीलाई सोही दिन अस्पताल भर्ना गरिएको थियो ।
यस्तै इटहरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि अस्पतालमा पुर्याउँदा पुर्याउँदै एम्बुलेन्समै मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको दाहालले जानकारी दिए ।
यस्तै बिराटनगर–३, का ६५ वर्षीय पुरूषको शनिबार विहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी कात्तिक ६ गते भर्ना भएको अस्पतालको आईसोलेसन ईन्चार्ज सुनिल देवले जानकारी दिए ।
यसैगरी उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार विहान मृत्यु भएको छ । शुक्रबार साँझ अस्पताल भर्ना भएकी उनको बिहान करिब ७ बजे मृत्यु भएको म्याक्स हस्पिटलका म्यानेजर हेमनारायण मेहताले जानकारी दिए ।














Discussion about this post