तरहरा : तरहरामा रहेका क्रियाशिल युवाहरुले मुख्य राजमार्गमा रहेका खाल्डाखुल्डी पुरेका छन् ।
इटहरी २० तरहराका सामाजिक अभियन्ता धुर्ब भण्डारीका अनुसार कोशी राजमार्गअन्र्तगत पर्ने तरहराको पानीपियादेखि धरानको शनि मन्दिरसम्म करीब ८ किलोमिटर सडकको बीचमा रहेका ठूला–ठूला खाल्डा पुरिएको हो ।
ठूला खाल्डाको कारण दुर्घटनामा ज्यान पनि जान सक्ने भन्दै आँफूहरुले यहाँका खाल्डा पुरिएको भण्डारीले बताए ।

‘सडक डिभिजनको चरम लापरबाहीका कारण दैनिकजसो दुर्घटना हुने भएकाले हामीले दुर्घटना न्यूनीकरणका लागि पनि यो कार्यक्रमको आयोजना गरेका हौँ,’ भण्डारीले टाकुरासँग भने, ‘आँफू पनि बचौँ, अरूलाई पनि बचाउँ भन्ने उदेश्य नै हाम्रो प्राथमिकता हो ।’
उक्त कार्यक्रम गरेर सडक विभाग बिरुद्ध सांकेतिक बिरोध समेत गरेको उनले बताए । प्रदेश र स्थानीय सरकारलाई मात्रै नभई सडक विभागलाई नै आँफूहरुले समस्याबारे जानकारी गराउँदा पनि सुनुवाई नभएपछि युवाहरु मिलेर सडकको खाल्डा पुरिएको उनको तर्क थियो ।
स्थानीय युवाहरु धुर्ब भण्डारी, भेषराज बन, लक्ष्मणराज भण्डारी, पशुपति गिरी, सञ्जीव सिंह, होमनाथ निरौला, गणेश खड्का, हिमाल भुजेल, लगायतले व्यक्तिगत खर्चमा उक्त सडकमा रहेका खाल्डाखुल्डी पुरेका थिए ।















Discussion about this post